काठमाडौं। आज अमेरिकी डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा र खरिददर १३४ रुपैयाँ २३ पैसा कायम भएको छ ।
आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ८६ र खरिददर १४५ रुपैयाँ २१ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७४ रुपैयाँ ९९ पैसा खरिद दर १७४ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०६ पैसा तोकिएको छ ।
आज क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०५ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल