![](https://arthasanjal.com/wp-content/uploads/2024/09/1100x100-1-1.webp)
![](https://arthasanjal.com/wp-content/uploads/2024/10/Capture-11.png)
![](https://arthasanjal.com/wp-content/uploads/2024/04/Salt-Trading-1.webp)
पर्सा । पर्सामा साझेदारी वन क्षेत्रभित्र लगाइएको गाँजा खेती नष्ट गरिएको छ। सखुवा प्रसौनी गाउँपालिका– १ स्थित बडनिहार, कोइलाभार, विन्दवासनी साझेदारी वन क्षेत्रमा पाँच विगाहा क्षेत्रफलमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको हो।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले करिब ३५ हजार गाँजाको बोट फडानी गरी नष्ट गरेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ।
त्यस्तै, इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले पर्सागढी नगपालिका वडा नम्बर १ गुलरिया र वडा नम्बर ३ झबराहामा १३ स्थानमा दुई विगाहा क्षेत्रफलमा लगाइएको १५ हजार गाँजाको बोट नष्ट गरेको जनाएको छ।
Artha Sanjal
![](https://arthasanjal.com/wp-content/uploads/2024/09/Sme-Loan-Updated.gif)
अर्थ सन्जाल