काठमाडाैं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा १२१.१८ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा कम्पनीले १ करोड ५८ लाख नाफामा कमाएको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ८८ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १२२.८८ प्रतिशतले बढी हो । कम्पनीको कुल खर्च घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म १ करोड ५५ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च घटेर ६७ लाख ५ हजार रुपैयाँमा सीमित बनेको छ । कम्पनीले यो अवधिसम्म ११ करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ ४१ करोड ७४ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको फेयर भ्यालु रिजर्भमा ४० करोड ६८ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको चुक्तापूँजी १ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)५.४४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८२.०२ ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०७.७३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २७२.६५ गुणा कायम भएको छ ।
अर्थ सन्जाल