ऐतिहासिक उचाईमा पुगेर सामान्य घट्यो सुनको मूल्य

काठमाडाैं। नेपाली बजारमा  सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेर आज भने सामान्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार यसदिन छापावाला सुन प्रतितोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार छापावाला सुन प्रतितोला एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने २० रुपैयाँले घटेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबारको चाँदी प्रतितोला दुई हजार ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *