१७ वाणिज्य बैंकको निष्क्रिय कर्जा बढ्यो, एभरेष्ट बैंकको सबैभन्दा कम

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सञ्चालमा रहेका २० वाणिज्य बैंकमध्ये १७ वटा वाणिज्य  बैंकको निष्क्रिय कर्जा बढेको छ । यस अवधिमा ३ वटा  बैंकको कर्जाको अवस्था भने केहि हदसम्म सुधारिएको छ ।

समिक्षाअवधिमा ३ बैंकको निष्क्रिय कर्जा ५ प्रतिशतमाथि पुगेको छ । जसमा सबैभन्दा धेरै हिमालयन बैंकको रहेको छ। यस बैंकको खराव कर्जा  ५.८४ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.४४ प्रतिशत र सिटिजन्स बैंकको ५.४१ प्रतिशत पुगेको छ ।

त्यस्तै, ९ वटा बैंकको निष्क्रिय कर्जा ४ प्रतिशतको हाराहारीमा छ । यसमध्ये कुमारी बैंकको ४.९६ प्रतिशत, प्रभु बैंकको ४.९४ प्रतिशत, प्राइम कमर्शियल बैंकको ४.८६ प्रतिशत, कृषि विकास बैंकको ४.७८ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४.६७ प्रतिशत, नबिल बैंकको ४.२४ प्रतिशत, एनआईशी एसिया बैंकको ४.२४ प्रतिशत तथा राष्ट्रिय वाणिज्य बैंकको ४.२३ प्रतिशत रहेको छ ।

त्यस्तै, ३ प्रतिशतको हाराहारीमा निष्क्रिय कर्जा हुने बैंकहरुमा नेपाल बैंकको ३.९५ प्रतिशत, सिद्धार्थ बैंक ३.९१ प्रतिशत, एनएमबि बैंक ३.६३ प्रतिशत तथा माछापुच्छ्रे बैंक ३.१५ प्रतिशत रहेको छ ।

त्यस्तै, २ प्रतिशत र सो भन्दा कम निष्क्रिय कर्जा हुनेमा सानिमा बैंकको २.१५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १.८४ र  एभरेष्ट बैंकको सबैभन्दा कम अर्थात् ०.७७ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *