काठमाडौं । समता घरेलु लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला भएको छ । कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको एफपीओ प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्कासन गरेको हो ।
लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गरेको हो । यसमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिनेछ । तर निर्धारित समयमा शेयर बिक्री नभए कात्तिक २६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
यसका लागि सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।
यस शेयरमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।






