उडान अनुमति म्याद सकिएको थाई एयर एसियाको जहाज आकाशमा होल्ड, ३७ मिनेट घुमेपछि अवतरण

काठमाडौं । अवतरण अनुमति सकिएको एयर एसियाको जहाज काठमाडौँ आएपछि लामो समय आकाशमा ‘होल्ड’ हुन पुगेको छ ।

बैंककबाट काठमाडौँका लागि उडेको जहाजले अवतरणको अनुमति नपाएपछि १३ नटिकल माइलमा होल्ड गरिएको थियो । उक्त जहाज २ बजे काठमाडौँमा अवतरण गर्नुपर्ने तालिका थियो । तर, अनुमति सकिएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अवतरण गर्ने अनुमति दिएन । त्यसपछि जहाज काठमाडौँमाथिको आकाशमा होल्ड भएकाे हाे ।

एयर एसियाको अवतरण अनुमति शनिबारसम्म मात्रै भएकाे विमानस्थनले जनाएकाे छ । आइबारदेखि ‘विन्टर सेड्युल’ लागु भएकाले उक्त जहाजलाई विमानस्थलले काठमाडौँमा अवतरण गर्न दिएन ।

उक्त कुरा विमानस्थलले नियामकीय निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गरायो । लगत्तै प्राधिकरणको आकस्मिक बैठक बस्यो र अवतरणका लागि अनुमति दियो । अनुमति पाएपछि एयर एसिया २ बजेर ३७ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *