काठमाडौं । साताको पहिलो दिन सेयर बजार ९.१९ अंकले घटेको छ। आज सेयर बजार नेप्से परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ को विन्दुमा कायम भएको छ ।
आज ३२० कम्पनीको १ करोड ११ लाख ३४ हजार १७८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड २४ लाख ८७ हजारमाथिको सेयर कारोबार भएको छ । आज ९१ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ कम्पनीको सेयरमूल्य घटेको छ। यो दिन ११ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै आइसीएफसीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल एसबिआई बैंकको २१ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सीएचडिसीको १८ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एलआइसी नेपाल, रिभर फल्स पावर र माइखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.७९ प्रतिशतका दरले गुमाएका हुन् ।
आज उच्च किनबेच गर्ने कम्पनीहरु यस्ता छन्
आईसीएफसी फाइनान्स ३२ करोड ६४ लाख रुपैयाँ,नेपाल एसबीआई बैंक २१ करोड ६२ लाख रुपैयाँ,सीईडीबी हाइड्रोपावर १८ करोड ८६ लाख रुपैयाँ,नेपाल फाइनान्स १८ करोड २० लाख रुपैयाँ,समृद्धि फाइनान्स १८ करोड १२ लाख रुपैयाँ,पिपुल्स हाइड्रोपावर १३ करोड ९१ लाख रुपैयाँ,जानकी फाइनान्स १३ करोड २५ लाख रुपैयाँ,साहस ऊर्जा ११ करोड ८४ लाख रुपैयाँ ,गुडविल फाइनान्स ८ करोड ३९ लाख रुपैयाँ,कुमारी बैंक ७ करोड ४३ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ ।
अर्थ सन्जाल