काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म रातको समयमा बन्द गरिँदैछ ।
कात्तिक ५ गते बसेको प्राधिकरण व्यवस्थापनको बैठकले हालकै व्यवस्था अनुसार साढे ६ घण्टाको ड्युटी समय कायम गरी तीन सिफ्टमा विमानस्थल सञ्चालन गर्ने र प्रधान कार्यालयबाट स्वीकृत होलनाइट कोटा बमोजोम रोस्टर प्रकाशित गरी कर्मचारीलाई ड्युटीमा खटाउने निर्णय गरेको छ ।
यसरी कर्मचारीलाई खटाए बापतको सुविधा प्रशासनले व्यवस्था गर्ने निर्णय सो बैठकले गरेको छ । विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म चल्ने छ ।
तर, प्राधिकरणले भने उडान/अवतरणको चाप नहुने समयमा पनि कर्मचारी खटाएर अतिरिक्त सुविधा समेत दिने निर्णय गरेको हो ।
यो अवधिमा विमानस्थल बन्द गरी पार्किङ, ट्याक्सी वे, ह्याङ्गरजस्ता संरचना निर्माण हुँदैछन् । यस्तो बेला आपतकालीन अवस्थाका लागि सीमित मात्र कर्मचारी खटाएर अन्य कर्मचारीलाई भने वैकल्पिक काममा लगाउन सकिने विकल्प थियो ।
अर्थ सन्जाल