काठमाडौं । सानिमा बैंकले मंसिर ४ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हाे । सभा आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा बैंकले कर सहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । त्यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।
कात्तिक २१ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । बैंकले सभा प्रयोजनका लागि कात्तिक २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल