आज नेप्से दोहोरो अंकले बढेको छ । नेप्से ४० दशमलब ६८ अंकले बढेर दुई हजार ५ सय ६८ दशमलब २५ विन्दुमा पुगेको हो । मंगलबार नेप्से १४ दशमलब २६ अंकले घटेर दुई हजार ५ सय २७ दशमलब ५८ विन्दुमा रोकिएको थियो ।
आज कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । आज २ अर्ब २५ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ७५ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
इमर्जिङ नेपालको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १११३.५० रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थानको शेयरमूल्य ९ दशमलब ९९ प्रतिशतले बढेर प्रतिकित्ता ११९९.६० रुपैयाँ पुगेको छ । नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ दशमलब ९९ प्रतिशतले बढेर प्रतिकित्ता ९५९ दशमलब ८० रुपैयाँ पुगेको छ, भने सामलिङ पावर कम्पनीको शेयरमूल्य ९ दशमलब ८५ बढेर प्रतिकित्ता ६७० रुपैयाँ पुगेको छ । कम्पनीको आज ११ करोड २७ लाख भन्दा बढीको कारोबार भएको छ ।