काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको एक्काइसौं वार्षिक साधारणसभा आज कात्तिक ११ गते बस्दैछ । सभा गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि शुरू हुनेछ ।
सभाले ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको छ । यसअघि कम्पनीले ९ प्रतिशत बोनस शेयर र ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकोमा विद्युत नियमन आयोगले स्वीकृति नदिएपछि लाभांश संशोधन गरेको हो ।
सभामा गत आवको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, विभिन्न कम्पनीमा लगानी तथा आयोजना निर्माण गर्ने र १ जना महिला र १ स्वतन्त्र समेत गरी ५ जना सञ्चालको नियुक्ति गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव रहेका छन् ।







