काठमाडाैं । विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसर पारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले एक दिने लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले उक्त कार्यक्रम हेटौंडा, मकवानपुरमा आयोजना गरेको होे ।
कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका इन्भेष्टमेन्ट बैंकिङ तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडाले सहभागी राष्ट्रसेवक प्रहरीहरुलाई सेयर बजार र लगानी शिक्षा तथा लगानी गर्दा अपनाउनु पर्ने सचेतनाका बारेमा प्रकाश पारेका थिए ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त गरी लगानी ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा सेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।
अर्थ सन्जाल