काठमाडौं। कृति भेन्चर फण्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आर्ठौं वार्षिक साधारणसभा बोलाएको छ । सभा आगामी मंसिर १४ गते लाजिम्पाटस्थित दुसित प्रिन्सेस काठमाडौंमा अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।
सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै कम्पनी गाभ्ने गाभिने र दोभान खोला हाइड्रोपावर परियोजनामा प्रदान गरिएको ऋण रकमलाई पूँजीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल