काठमाडाैं । बलेफी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर प्रयोजनको लागि बुक क्लोज मिति सार्वजनिक गरेको छ ।
कम्पनीले कात्तिक २१ गतेको लागि बुक क्लोज मिति तोकेको छ । बुक क्लोज मितिभन्दा अघिल्लो दिनसम्म सेयर स्वामित्व हुनेले हकप्रद भर्न पाउने छन् ।
कम्पनीले एक बराबर एक अनुपातमा हकपद सेयर जारी गर्ने भएको हो ।
कम्पनीले हकप्रद निष्कासन मिति सार्वजनिक गरिसकेको छैन ।
Artha Sanjal
अर्थ सन्जाल