


काठमाडाैं । नेपाल राष्ट्र बैंकले धनतेरसको लागि आगामी कात्तिक १३ गते मंगलबार (एक दिन) मात्रै सुनका असर्फी बिक्री गर्ने भएको छ ।
सर्वसाधारणले खरिद गर्न पाउने यो सुनको असर्फी २.५ ग्रामको हुनेछ ।
मंगलबार बिहान ११ बजेदेखि ४ बजेसम्म बिक्री खुला रहनेछ ।
यसपालि कात्तिक १३ गते धनतेरस परेको छ । धनतेरस तथा धनवन्तरीमा सुन, चाँदी लगायतका वस्तुहरूको किनमेल गरिने चलन छ ।
Artha Sanjal

अर्थ सन्जाल