काठमाडौं । नेपाल राष्ट्र बैंकले स्मारिका सिक्का र मेडालियनको मूल्य वृद्धि गरेको छ । नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले एक सूचना जारी गर्दै बिक्री गर्दै आएको स्मारिका सिक्का र मेडालियनको मूल्य नयाँ कायम गरेको जनाएको हो ।
सूचनाअनुसार टक्सार महाशाखाले बिक्री गर्दै आएका विभिन्न २० वटा स्मारिका र मेडालियनको नयाँ मूल्य कायम भएको छ ।
नयाँ मूल्यअनुसार लक्ष्मी मेडालियन, गणेश मेडालियन र गजलक्ष्मीको प्रति १० ग्राम २२ सय रुपैयाँ पर्ने भएको छ ।








