काठमाडाैं । मेलम्ची नदीबाट काठमाडौंको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आएकोमध्ये प्रशोधन क्षमताभन्दा बढी भएको पानी बागमती नदीमा पठाउन थालिएको छ । अहिले मेलम्ची नदीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी काठमाडौं आइरहेको छ ।
तर, करिब १८ करोड लिटर पानी मात्रै प्रशोधन गरी वितरण गर्ने गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी पानी बागमती नदीमा पठाइएका कारण बागमती नदीको बहाव पनि बढ्दै गइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल