एसके इनर्जीले आईपीओ निष्कासन गर्न बाेलायाे साधारणसभा

काठमाडाैं । एसके इनर्जी डेभलपमेन्टले आईपीओ निष्कासन गर्ने मुख्य अजेण्डासहित वार्षिक साधारण सभा बाेलाएकाे छ ।

कम्पनीको उक्त साधारण सभा आगामी मंसिर २ गते कोटेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ८ बजेदेखि सुरु हुनेछ ।

सभामा सार्वजनिक निष्काशन मार्फत सेयर बिक्री गर्ने, पूँजी संरचना परिवर्तन गर्ने, लेखापरीक्षकद्वारा प्रस्तुत आव २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, आयव्यय विवरण र वासलात माथि छलफल गरी पारित गर्ने र आगामी आव २०८१/८२ को लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *