बलेफी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्दै, कहिले गर्दैछ बुकक्लोज ?
अर्थ सन्जाल
९ कार्तिक २०८१, शुक्रबार ०९:२९
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेड (BHL) ले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कात्तिक २१ गते बुकक्लोज मिति तय गरेको छ।
जसअनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १ : १ को अनुपातमा प्रतिशेयर १०० रुपैयाँअंकित मूल्यका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो।
Artha Sanjal
मिती :
९ कार्तिक २०८१, शुक्रबार ०९:२९ बजे प्रकाशित
अर्थ सन्जाल