काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
जसअनुसार लघुवित्तले खुद नाफा १४३ प्रतिशतले बढाएर १ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १० लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.२९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ८.३४ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १७.७७ प्रतिशत र सञ्चालन मुनाफा १ हजार १४२.५३ प्रतिशत बढेको छ।
इम्पेरमेन्ट चार्ज ६३ लाखबाट घटेर ११ लाखमा सीमित भएको छ। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ५२ पैसा बढेर १६ रुपैयाँ ८८ पैसा पुगेको छ ।
मूल्य आम्दानी अनुपात ५६.३३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३१ पैसा रहेको छ भने ४ अर्ब ४६ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट संकलन गरी ४ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
लघुवित्तको चुक्ता पूँजी ३१ करोड ९८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ करोड ८९ लाख रुपैयाँ रहेको छ।
अर्थ सन्जाल