


काठमाडौं। अरुण भ्याली हाइड्रोपावरको वार्षिक साधारण सभा कात्तिक १४ गते बस्दैछ । सभा, होटल क्रिस्टल पशुपति गौशाला काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले गत वर्षको नाफाबाट शेयरधनीलाई करसहित ३ प्रतिशत बोनस शेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्ने भएको छ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।
सभाले लिखु खोला जलविद्युत आयोजनाको निर्माणको लागि बैंक तथा वित्तीय संस्थाहरुसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेन्टी दिने, नियमावली तथा प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ५ गते बुक क्लोज गरिसकेकाले कात्तिक ४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र लाभांश लिन र सभामा भाग लिन पाउनेछन्।
Artha Sanjal

अर्थ सन्जाल