काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज कात्तिक ९ गते शुक्रबार लागि १ अमेरिकी डलरको मूल्य (बिक्रीदर) १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ २३ पैसा छ । बिहीबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ८४ पैसा तथा खरिददर १३४ रुपैयाँ २४ पैसा थियो ।
आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ५५ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ९० पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७४ रुपैयाँ ९१ पैसा र खरिद दर १७४ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
आज अष्ट्रेलियन डलर १ को खरिददर आज ८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७३ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ १२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल