काठमाडौँ । साफ महिला च्याम्पियनसीपमा नेपालले श्रीलंकाविरुद्ध सुरुवाती अग्रता बनाएको छ।
सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो हाफ अवधिभर श्रीलंकालाई दबाबमा राखेको छ । सावित्रा भण्डारी साम्बाले पहिलो रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी छिन् । उनले नेपालले गरेको ४ गोलमा १ गोल र २ असिस्ट दिएकी छिन् । रेखा पौडेल र सविता राना मगरले १-१ गोल गरेका छन् ।
खेलको आठौं मिनेटमा सविताको गोलमा नेपालले अग्रता लियो । साम्बाले दायाँ विंगबाट पेनाल्टी क्षेत्र भित्र बल लग्दै दिएको कटब्याकलाई सविताले गोलमा परिणत गरिन् ।
११ औं मिनेटमा साम्बाले उत्कृष्ट गोल गरिन् । विमला विकले दिएको पासमा पहिलो टच लिँदै डिफेन्डर बिट गरिन् र २५ यार्ड टाढाबाट सुन्दर गोल गरिन् ।
Artha Sanjal
अर्थ सन्जाल