काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्वावलम्बन लघुवित्त वित्तीय संस्था र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को सेयर मूल्य समायोजन भएको छ ।
स्वावलम्बन लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको हो । बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार ७५ रुपैयाँ आधार मूल्य समायोजन गरिएको हो । समायोजन पश्चाय यसको मूल्य प्रतिकित्ता ९४०.९२ रुपैयाँ कायम भएको छ ।
यस्तै, एलआइसीको ८८.४५ प्रतिशर हकप्रद सेयरमा मूल्य समायोजन भएको हो । बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार ९८८ रुपैयाँलाई आधारमा समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको मूल्य १ हजार १०१.८५ रुपैयाँ भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल