काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर, ‘एनआइएमबि पेवियर’ को आधिकारिक रूपमा भित्र्याएको छ ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त वेयरेबल स्टिकर सार्वजनिक गरिएको हो । अब ग्राहकहरूले कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरण टयाप गरी छिटो र सुरक्षित सम्पर्क रहित कारोबार गर्न सक्नेछन् । यसले नेपालमा डिजिटल भुक्तानीको नयाँ युगको सुरुवात गरेको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकले ‘एनआइएमबि पेवियर’ कसरी दैनिक कारोबारलाई छिटो, सुविधाजनक र सुरक्षित बनाउने उद्देश्यले डिजाइन गरिएको बारे जानकारी गराइएको थियो । यसले ग्राहकहरूलाई भौतिक कार्डहरू वा मोबाइल वालेट बोक्न नपर्ने अर्को विकल्प प्रदान गर्छ ।
‘एनआइएमबि पेवियर’ नेपालका लागि गेम–चेन्जर हो’, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका बरिष्ठ डेप्युटी सीईओ महेश शर्मा ढकालले भने,‘यो उत्पादनले हाम्रा ग्राहकहरूको भुक्तानी गर्ने तरिकालाई पूर्ण रूपले परिवर्तन गर्नेछ, उनीहरूलाई अतुलनीय सुविधा र गति प्रदान गर्दै उच्चतम सुरक्षा सुनिश्चित गर्नेछ ।’
नेपालमा पहिलो पटक यस्तो प्रविधि भित्र्याउनँदा उत्साहित बनाएको उनको भनाई छ । जसले फेरि एकपटक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई डिजिटल नवप्रवर्तनमा अग्रणीको रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे ।
हाल बैंकले नेपालभर ९ वटा भिसा एसोसिएट सदस्यहरू, १६ लाख कार्डहरू (जसमध्ये ६.५ लाख बैंकका विशेष कार्डहरू हुन्) सहितको विस्तृत नेटवर्क सञ्चालन गर्दै आएको छ ।
बैंकले २७५ शाखा, २६५ एटीएम र ४,००० भन्दा बढी पीओएस टर्मिनलहरू सञ्चालन गरिरहेको छ । बैंकले ६५ वटा विस्तार-राजस्व संकलन काउन्टरहरू र ७७ शाखाविहीन बैंकिङ आउटलेटहरू मार्फत सेवाहरू प्रदान गर्दै आएको छ, जसले ग्राहकहरूको पहुँचलाई देशभर फैलाएको छ ।
भिसा वेयरेबल स्टिकरको परिचयले बैंकिङ क्षेत्रमा नवीनतम प्रविधि ल्याउने बैंकको परम्परालाई निरन्तरता दिँदै ग्राहक अनुभवलाई अझ उत्कृष्ट वनाउँदैछ ।
अर्थ सन्जाल