दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार, ५ अर्ब ४१ करोडको काराेबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार दोहोरो अंकले घटेको छ। आज सेयर बजार नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ को विन्दुमा कायम भएको छ ।

आज ३१७ कम्पनीको १ करोड २२ लाख ८३ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४१ करोड माथिको सेयर कारोबार भएको छ । आज ६७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको सेयरमूल्य घटेको छ। यो दिन ७ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको ३४ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । साहस उर्जाको २४ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइसीएफसी फाइनान्सको २४ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.७५ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । सनराइज ब्लुचिप फन्डका इकाईधनीले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

आज उच्च किनबेच गर्ने कम्पनीहरु यस्ता छन्

एनएलजी इन्स्योरेन्स ३४ करोड ३१ लाख रुपैयाँ,साहस ऊर्जा २४ करोड ९३ लाख रुपैयाँ,आईसीएफसी फाइनान्स २४ करोड ९२ लाख रुपैयाँ,पिपुल्स हाइड्रोपावर २४ करोड ५५ लाख रुपैयाँ,समृद्धि फाइनान्स १९ करोड ७ लाख रुपैयाँ,लाइफ इन्स्योरेन्स कर्पोरेसन १६ करोड ५१ लाख रुपैयाँ,हिमालयन डिस्टिलरी ११ करोड ५४ लाख रुपैयाँ,कुमारी बैंक ११ करोड २० लाख रुपैयाँ,सुपर मादी हाइड्रोपावर १० करोड ८८ लाख रुपैयाँ,नेपाल एसबीआई बैंक १० करोड ४९ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *