काठमाडौं । जानकी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा १५ हजार ७३८ प्रतिशत धेरै हो ।
गत वर्षको यसैअवधिमा कम्पनी ४३ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यसको खुद ब्याज आम्दानी ३.४२ प्रतिशतले घटेर ४ करोड ९३ लाख कायम भएको छ । गत वर्ष उक्त आम्दानी ५ करोड १० लाख रुपैयाँ थियो ।
यस फाइनान्सले ७ करोड ७१ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ । चुक्ता पुँजी ६९ करोड ४ लाख रुपैयाँ रहेको यस फाइनान्सको जगेडा कोषमा ४३ करोड ९ लाख रुपैयाँ जम्मा रहेको छ । यसको इपीएस ४० रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ भने ६७.९० रुपैयाँ रहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल