ज्योति विकास बैंकका ग्राहकलाई ठमेल प्लाजाका होटलमा छुट

काठमाडाैं । ज्योति विकास बैंकले आफ्ना ग्राहकहरुलाई ठमेल प्लाजा होटेल एन्ड स्विट्स अन्तर्गतका २ वटा होटलमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।

सम्झौता अनुसार बैंकका ग्राहकले काठमाडौंको ठमेलस्थित रमादा इन्कोरमा १५% र पोखराको लेकसाइडस्थित दलिया बुटिक होटेलमा १०% छुट पाउने छन्।

यस सम्झौतापछि ज्योति विकास बैंकका ग्राहकलाई यी २ वटा होटलमा खाना तथा रूम चार्जमा आकर्षक छुट दिइने छ। ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकलाई विशेष छुट र सुविधा प्रदान गर्दैआएको छ।

बैंकले यसअघि पोखरास्थित कुटी रिसोर्टमा बैंकका ग्राहकहरूलाई २०५ सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, चितवनस्थित जंगल भिल्ला रिसोर्ट र मकवानपुरस्थित प्रख्यात टिस्टुङ रिसोर्टमा बैंकले आफ्ना ग्राहकलाई १५५ सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

यस विकास बैंक नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले प्रदान गरेका ४७ वटा बेबी वार्मर उपकरणहरु मार्फत हरेक वर्ष करिब १७१५ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको बैैंकले जनाएको छ ।

यस्ता जीवन रक्षा गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये ज्योति विकास बैंकले अग्रस्थान कायम गर्दै सकारात्मक परिवर्तनको बीजारोपण गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *