काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भाेलि देखि काठमाडौँमा आन्दोलन गर्ने भएकाे छ । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गर्दै आएको रास्वपाले भोलिदेखि काठमाडौँमा आन्दोलन गर्ने भएको हाे ।
पार्टी सभापति लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत ६ दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएकोमा शुक्रबारदेखि भने काठमाडौँमा प्रदर्शन गरिने आज पत्रकार सम्मेलनको आयोजना गरेर यस्ताे जानकारी दिए ।
Artha Sanjal
अर्थ सन्जाल