काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले ८औं वार्षिक साधारणसभा बाेलाएको छ । संस्थाले आगामी मंसिर ७ गतेका लागि वार्षिक साधारणसभा बाेलाएकाे हो । सभा काभ्रेपलाञ्चोकको बनेपालस्थित होटल उग्रचण्डीमा दिउँसो ३ बजेबाट सुरु हुनेछ।
सभा गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ छन्।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले कात्तिक २५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक २५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु मात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
अर्थ सन्जाल