लगातार सातौँ दिनको नयाँ रेकर्डपछि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । नेपाली बजारमा दैनिक नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्य आज भने घटेको छ । आज सुन ७ सय रुपेयाँले घटेको हाे ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य ८ सय रुपैयाँले बढेको थियो । त्यसदिन छापावाला सुन प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

आज, चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य पनि ४० रुपैयाँले घट्दै प्रतितोला २ हजार ९५ रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *