काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका आयोजना गर्ने भएको छ ।
धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग टाटा टियागो ईभी साट्न सकिने कम्पनीले जनाएको छ ।
यस वर्षको धनतेरसलाई लक्षित गरी ८, ९, र १० कात्तिकमा टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका टाटा मोटर्सको देशैभरिका शोरुममा आयोजना हुने कम्पनीले जनाएको छ ।
यस मेलामा सहभागी भएर ग्राहकले टियागो ईभीको हरेक बुकिङमा सुनको असर्फी वा आइफोन १६ प्रो प्राप्त गर्न सक्नेछन् । उल्लेखित अफरहरू धनतेरस एक्सचेन्ज धमाका ३ दिनका लागि मात्र लागु हुनेछ ।
टियागो ईभी नेपालको विद्युतीय चारपाङ्ग्रे सवारीसाधनको बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याचब्याक भएको कम्पनीको भनाइ छ ।
Artha Sanjal
अर्थ सन्जाल