साफ वुमन्स च्याम्पियनसिप : नेपाल र श्रीलंका तथा भुटान र माल्दिभ्स खेल्दै

काठमाडौं । जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत आज समूह बी का दुई खेल हुदै छन् । आज पहिलो खेलमा माल्दिभ्स र भुटान भिड्दै छन् भने दोस्रो खेलमा नेपाल र श्रीलंका खेल्ने तालिका रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल अपरान्ह साढे एक बजेदेखि शुरु हुने छ भने दोस्रो खेल साढे ५ बजेदेखि शुरु हुने छ ।

समूह बी मा हाल नेपाल २ खेलमा ४ अंकसहित शीर्ष स्थानमा रहेको छ भने भुटान पनि ४ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै श्रीलंका २ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ । अहिलेसम्म तिनै देशको सेमिफाइनलको सम्भावना कायमै रहेको छ । नेपालका लागि भने श्रीलंकासँग बराबरी खेलेमात्र पनि सेमिफाइनलको यात्रा निश्चित हुने छ ।

त्यस्तै समूह बी को माल्दिभ्स भने २ खेलमा दुवै खेल हारेर सेमिफाइनलको दौडबाट यसअघि नै बाहिरिएको छ । जारी प्रतियोगितामा समूह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगिसकेका छन् भने पाकिस्तान समूह चरणबाटै बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *