स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं ।  स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको  लाभांश सुरक्षित गर्ने आज कात्तिक ८ गते बिहीबार अन्तिम दिन हो ।
कम्पनीले लाभांश प्रयोजनको लागि कात्तिक ९ गते शुक्रबार बुक क्लोज गर्दैछन् । तसर्थ, आज बिहीबारसम्म कायम रहने शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५% नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ । यसका लागि कम्पनीले  कात्तिक ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, लिसारा रिसेप्शन भगवती बाहाल, नक्साल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *