काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (LICN) ले निष्काशन गर्ने हकप्रद शेयरका लागि आवेदन दिन आज (कात्तिक ८ गते) सम्म शेयरधनी कायम हुनुपर्नेछ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले भोली अर्थात् कात्तिक ९ गते बुकक्लोज गर्दैछ। तसर्थ आजसम्म कायम सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर प्रतिकित्ता १ सय रुपैयाँको दरमा हकप्रद बिक्री गर्ने भएको छ । यसका लागि कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।
Artha Sanjal
अर्थ सन्जाल