काठमाडौं। अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार १ अमेरिकी डलरको मूल्य (बिक्रीदर) १३४ रुपैयाँ ८४ पैसा कायम भएको छ भने खरिददर १३४ रुपैयाँ २४ पैसा छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । बुधबार १ अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा र खरिददर १३४ रुपैयाँ २३ पैसा थियो ।
त्यस्तै, आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ३३ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ६८ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७४ रुपैयाँ ८८ पैसा र खरिद दर १७४ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
आज अष्ट्रेलियन डलर १ को खरिददर आज ८९ रुपैयाँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँ ५९ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ०५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४८ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल