काठमाडौं । अछामको ढकारी गाउँपालिकाले प्रत्येक वडामा माटो परिक्षण शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले कृषकलाई लक्षित गरी प्रत्येक वडामा शिविर सञ्चालन गर्ने भएको हो ।
किसानहरुलाई माटो संकलन गरि कार्तिक ७ गते देखि २१ दिन भित्र तरकारी बाली तथा फलफूल बालीका लागि छुट्टाछुट्टै माटो संकलन गरेर गाउँपालिकाको कृषि विकास शाखामा पठाउन गाउँपालिकाले सबै वडाका किसानलाई आग्रह गरेको छ ।