सानिमा बैंककाे वित्तीय विवरण सार्वजनिक

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ। गत वर्षको सोहि अवधिको तुलनामा १७.२७ प्रतिशतले नाफामा गिरावट आएको हो । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ३९ करोड ९५ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी १३.२६ प्रतिशत, कुल सञ्चालन आम्दानी ५.१५ प्रतिशत र सञ्चालन मुनाफा २०.८० प्रतिशत घटेको छ। खुद फि तथा कमिशन आम्दानी ७.५२ प्रतिशत बढेको छ। बैंकको खराब कर्जा .९२ बाट बढेर १.३८ पुगेको छ । त्यस्तै, असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा रहेको छ।

बैंकको १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी छ । भने जगेडा कोष ५.३७ प्रतिशत बढेको छ। बैकले यो अवधिमा बैंकको निक्षेप १.३४ प्रतिशत र कर्जा तथा सापटी ०.९२ प्रतिशत बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *