सरकारले आज सय दिनको उपलब्धि सार्वजनिक गर्दै

काठमाडौँ। सरकारले आज आफ्नो एक सय दिनको उपलब्धि सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा एक सय दिने उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।

नेकपा एमालेको नेतृत्वमा असार ३० गते नयाँ सरकार गठन भएको थियो । सय दिने उपलब्धि सार्वजनिक गर्नुअघि अहिले सत्तारुढ दलको बैठक बसिरहेको छ । राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर सुरु भएको काँग्रेस–एमाले सत्ता सहयात्रामा लोसपा, अशोक राई नेतृत्वको जसपा, लोसपा र नाउपा सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *