काठमाडाैं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज कात्तिक ७ गते फेरि एकैपटक ४० अर्ब रुपैयाँ तान्ने भएको छ।
राष्ट्र बैंकले ७ दिनका लागि वित्तीय प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्न लागेको हो । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा खिच्न लागेको हो।
यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
साँवा र ब्याज भुक्तानी कात्तिक १४ गते गरिने भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
Artha Sanjal
अर्थ सन्जाल