


काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान कायम भएको छ । आज छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार ७०० रुपैयाँमा काराेबार भईरहेकाे छ । जुन मूल्य हालसम्मकै उच्च हो । मंगलबार सुनको मूल्य तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार १०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर २ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Artha Sanjal

अर्थ सन्जाल