प्रि ओपन सेसनमा नेप्से सूचक ९.३९अंकले बढ्यो

काठमाडाैं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ९ अंक बढेर बन्द भएको छ। सेसनमा ९.३९ अंक बढेर २६७५.२० विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.११ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ५५ स्टकको १८० पटकको कारोबारमा १ करोड ६३ लाख ८८ हजार ६४ रुपैयाँ २० पैसाबराबरको ३५ हजार ७७२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३३ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *