काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १० करोड ३० लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । बैंकको यो नाफा ४२०.२३ प्रतिशतले बढी हो ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ३५ पैसा बढेर ९ रुपैयाँ २५ पैसा, प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ९५ पैसा रहेको छ ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७५ प्रतिशतले घटेर २ अर्ब ६७ करोड २७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २ अर्ब ८६ करोड ६१ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, बैंकको सञ्चालन नाफा ४२५.२३ प्रतिशतले बढेर ७५ करोड ६९ लाख ३८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालक मुनाफाा १४ करोड ४१ लाख रुपैयाँ मात्र रहेको थियो ।
समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब १४ करोडबाट घटेर १ अर्ब १६ करोड, वितरणयोग्य मुनाफा १ अर्ब ४९ करोड रुपैयाँ, चुक्ता पूँजी २३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ, जगेडा कोष ६.७९ प्रतिशत बढेर १८ अर्ब ७६ करोड, बैंकको निक्षेप १.६८ प्रतिशत र कर्जा तथा सापटी ३.११ प्रतिशत बढेको छ ।
गत वर्षको तीन महिनाको तुलनामा बैंकको खराब कर्जा बढेको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकको खराब कर्जा ४.६९ प्रतिशत रहेकोमा बढेर ५.४४ प्रतिशत पुगेको छ ।
अर्थ सन्जाल