काठमाडौँ । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार बैंकले ११ करोड ५ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब १ करोड ३ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ३६ प्रतिशतले घटेर १ अर्ब ९० करोड ६२ लाख रुपैयाँ र संचालन नाफा ८८ प्रतिशतले घटेर १७ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज ६४ करोड ४३ लाखबाट बढेर १ अर्ब १६ करोड पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ६७ पैसाले घटेर २ रुपैयाँ ९१ पैसा र प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ७९ पैसा रहेको छ ।
समिक्षा अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ, जगेडा कोषमा १७ अर्ब ६९ करोड रुपैयाँ र खराब कर्जा २.०८ प्रतिशत रहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल