सिद्धार्थ बैंकको नाफा ७९१.४३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  जसअनुसार बैंकले ३८ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत वर्ष यसले ४ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो । जुन गत वर्षको यसैअवधिको तुलनामा ७९१.४३ प्रतिशतले बढी हो । बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ४३ करोडबाट घटेर १ अर्ब ५० लाख कायम भएको छ । जसका कारण नाफा अत्याधिक बढेको छ ।
त्यस्तै, समिक्षा अवधिमा बैंकको  खुद ब्याज आम्दानी ६.०१ प्रतिशतले बढेर २ अर्ब ८ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।  गत वर्ष  १ अर्ब ९६ करोड ९८ लाख मात्र रहेको थियो ।  बैंकको सञ्चालन नाफा पनि ५७६.३३ प्रतिशतले बढेको छ । बैंकको वितरणयोग्य नाफा २६ करोड ४३ लाख रहेको छ ।
 बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ भने  जगेडा कोषमा १४ अर्ब ६ करोड रुपैयाँ  रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४५ पैसाले बढेर १० रुपैयाँ ६४ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ७२ पैसा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *