काठमाण्डौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले अधिकांश वित्तीय सूचकहरुमा उल्लेख्य प्रगति गरेको छ ।
समीक्षा अवधिमा बैंकले ५० करोड ३२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधिमा ५४ करोड २३ लाख रुपैयाँ कमाएको थियो । जुन अघिल्लो आवको तुलनामा ७.१४ प्रतिशतले कम हो ।
त्यस्तै, यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.९९ प्रतिशतले बढेर १ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । बैंकले अघिल्लो आवको सोही अवधिमा १ अर्ब ४१ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको खुद फि तथा कमिशन आम्दानी २२.५१ प्रतिशत बढेको छ। कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ७.१४ प्रतिशत बढेको छ । बैंकको सञ्चालन मुनाफा २७.६२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको गैर सञ्चालन खर्च १ करोडबाट बढेर २८ करोड पुगेको छ।
बैंकको रिटेन्ड अर्निङ १ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । यस्तै बैंकको रिजर्भको आकार ५ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड रुपैयाँबराबर रहेको छ भने लाभांश क्षमतादर १२.२७ प्रतिशत पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १७.३२ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५६.१६ रुपैयाँ, तरलता अनुपात २९.४९ प्रतिशत र कुल सम्पत्तिमा प्रतिफल १.१६ प्रतिशत रहेको छ । अघिल्लो आवको पहिलो त्रैमासम्म २.५६ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात भने ३.१५ प्रतिशत छ ।
अर्थ सन्जाल