काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार बैंकको वित्तीय अवस्थामा निकै सुधार देखिएको छ भनेअधिकांश सूचकहरुमा आकर्षक प्रगति भएको छ ।
बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ छ । गत आर्थिक वर्षको सोहि अवधिमा पनि बैंकले ११ करोड ९५ लाख २१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.४० प्रतिशतले बढी हो ।
यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ५.६६ प्रतिशत बढेर ५१ करोड ८७ लाख ४१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ४९ करोड ९ लाख १० हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, बैंकको संचालन नाफा ४२.५६ प्रतिशत बढेर २५ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको उक्त नाफा १८ करोड ९५ हजार रुपैयाँ मात्रै थियो । समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २० करोड ९८ लाख ४४ हजार रुपैयाँ पुगेको छ।
समिक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार रुपैयाँ, जगेडा तथा कोषमा १ अर्ब ६९ कोड ३२ लाख २६ हजार रुपैयाँ, निक्षेप संकलन २.८५ प्रतिशत वृद्धि भई ६० अर्ब ७५ करोड ५३ लाख रुपैयाँ र कर्जा लगानी ३.१० प्रतिशत वृद्धि भई ४७ अर्ब ४० करोड ६७ लाख रुपैयाँ कायम भएको छ ।
त्यस्तै, प्रतिशेयर आम्दानी १९ रुपैयाँ ९४ पैसा छ भने प्रतिशेयर नेटवर्थ २३.७४ रुपैयाँ रहेको छ भने बैंकको खराब कर्जा ३.९६ प्रतिशत छ ।
अर्थ सन्जाल