श्वेत–गंगा हाइड्रोपावरले बोलायो साधारणसभा

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले मंसिर ६ गते आठौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले सेलिब्रेसन हाईट, सुकेधारा, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले सभामार्फत गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणगर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा कात्तिक २० गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *