काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले असोज ३० गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट पारित नगद लाभांश कात्तिक १ गतेदेखि सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा उल्लेख बैंक खातामा जम्मा गर्न सुरु गरेको बैंकले जनाएको छ ।
गत वर्षको मुनाफाबाट यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँको आधारमा ७ प्रतिशत बोनश सेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ । त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ ।
Artha Sanjal
अर्थ सन्जाल